जलविद्युत आयोजनाको सुरूङभि फसेकालाई निकाल्न उद्धार टोली पठाइयो

Newslaya Home

जलविद्युत आयोजनाको सुरूङभि फसेकालाई निकाल्न उद्धार टोली पठाइयो

सोमबार १८, कार्तिक २०७६

काठमाण्डौ । बझाङको बुंगल नगरपालिका–१ कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र चार जना मजदूर फसेका छन् । आइतबार दिउँसो सुरूङ खन्न गएका छ जनामध्ये दुई जना बाहिर निस्किएका थिए भने चार जना सम्पर्कविहीन भएका हुन् ।

उनीहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका चार जना उद्धार टोलीलाई सोमबार समिट एयरको हेलिकप्टरबाट बझाङ पठाइएको जनाइएको छ ।

सुरूङ तीन सय मिटर लामो छ । सुरूङको बीचसम्म मात्रै अक्सिजन पुर्‍याउने पाइप छ। अक्सिजन अभाव हुँदा मजदूरहरू सुरूङभित्र फसेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिएका छन् ।

सुरूङभित्र गएका दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका थिए भने चार जनाको अवस्था हिजोदेखि अज्ञात छ ।