डा. केसीले आजदेखि १७ औँ अनशन थाल्दै

Newslaya Home

डा. केसीले आजदेखि १७ औँ अनशन थाल्दै

सोमबार १८, कार्तिक २०७६

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबार (आज) देखि १७ औँ अनशन सुरु गर्ने भएका छन् । सरकारसँग भएका विभिन्न सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनसन थाल्न लागेका हुन् ।

डा. केसी नेपाल चिकित्सक संघको भवन प्रदर्शनीमार्गमा १७ औँ अनशन बस्न लागेको बताइएको छ । केसी मेडिकल शिक्षाको बेथिति हटाइनुपर्ने माग गर्दै अनशन बस्न थालेको ७ वर्ष पूरा भइसकेको छ । आफ्ना माग पूरा नभएको भन्दै अनसन बस्न भने छाडेका छैनन् ।

यो पटक केसीले ६ बुँदे माग अघि सारेका छन् ।