सुनील थापाले सलमानको चलचित्रमा अभिनय गर्ने

Newslaya Home

सुनील थापाले सलमानको चलचित्रमा अभिनय गर्ने

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको चलचित्रमा अभिनेता सुनील थापाले काम गर्ने भएका छन् । सलमानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको चलचित्र ‘क्वान’मा सुनीलले अभिनय गर्न लागेका हुन् ।

चलचित्रमा उनी मणिपुर राज्यको मुखियाको भूमिका निर्वाह गर्ने जनाइएको छ । नेपाली चलचित्र उद्योगमा खलपात्रमा रुचाइएका उनले ‘क्वान’मा निभाउन लागेको भूमिका भने सकारात्मक रहेको सुनीलले बताएका छन् ।

सलमानको प्रोडक्सन हाउसले निर्माण गर्ने भए पनि सलमानले भने यो चलचित्रमा अभिनय नगर्ने बताइएको छ ।