चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जना पक्राउ

Newslaya Home

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जना पक्राउ

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनमा गत असोज ११ गते अज्ञात समुहले आक्रमण गरेको थियो । बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर एक कार्यक्रममा जाँदै गर्दा शाहीमाथी आक्रमण भएको थियो । आक्रमणमा शाहीको टाउकोमा चोट लागेको थियो ।