लुटिइन् गायिका मिलन अमात्य

Newslaya Home

लुटिइन् गायिका मिलन अमात्य

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । गायिका मिलन अमात्य लुटिएकी छिन् । उनको मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको हो ।

गत बिहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको उनले जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण सामग्री रहेको बताइन् ।

उनले लाईसेन्स र ब्लु बुक कसैले भेट्नु भएमा आफूलाई फेसबुकमा म्यासेज गर्नुहुन वा नजिकको प्रहरीमा बुझाइदिन आग्रह समेत गरेकी छन् ।