यस्तो देश जहाँ एक पुरुषले दुई बिहे गर्नैपर्ने

Newslaya Home

यस्तो देश जहाँ एक पुरुषले दुई बिहे गर्नैपर्ने

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । विश्वमा हजारौं–लाखौं परम्पराहरु छन् । विभिन्न देशमा आ–आफ्नै कला संस्कृतिहरु छन् । जहाँ विवाह गर्ने परम्परा पनि फरक–फरक छन् ।

अफ्रिकाको एउटा देशमा यस्तो अनौठा परम्परा छ, जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । हाम्रो देशमा भने दुई वा सो भन्दा महिलालाई बिहे गरेमा बहुविबाहको मुद्दा लाग्ने कानून छ ।

तर, अफ्रिकाको इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । कुनै पुरुषले एउटा बिहेपछि अर्को बिहे नगरेमा कानूनी रूपमा अपराध गरेको ठहर्याइन्छ ।

यस्तो कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा । त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।

दुई बिहे नगर्ने पुरुषविरुद्ध त कानूनी कारवाही गरिन्छ नै । तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको सजाय दिइन्छ ।

इरिट्रीयामा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई विवाह गर्नुपर्ने पनि भएको जनाइएको छ ।