देशभर सातवटा सुरुङमार्ग बनाउँदै सरकार

Newslaya Home

देशभर सातवटा सुरुङमार्ग बनाउँदै सरकार

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारी गरेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारी भइरहेको छ ।

सरकारले हाल चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ ।