घरायसी विवाद हुँदा श्रीमानले डुबाए श्रीमतीलाई तातो तेलमा

Newslaya Home

घरायसी विवाद हुँदा श्रीमानले डुबाए श्रीमतीलाई तातो तेलमा

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । सिन्धुली दुधौली नगरपालिका–४, एकहटियाका रितु मुसरले सामान्य घरायसी विवाद हुँदा आफ्नी श्रीमतीलाई तातो तेलमा डुबाइदिएका छन् ।

मुसरले ३२ वर्षीया श्रीमती आशा सदा मुसरलाई माछा तारिरहेको तेलमा डुबाएका हुन् । तेलमा डुबेकी आशा गम्भीर घाइते भएकी छन् । उनका दुवै आँखा हेर्न नमिल्ने भएका छन्, अनुहार, घाँटी र शरीरमा फोका उठेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार गम्भीर घाइते भएकी आशालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल पुर्‍याइएकोमा त्यहाँबाट राजधानी रिफर गरिएको छ ।

श्रीमान् रितु भने फरार रहेको प्रहरीले जनाएको छ । उनका एक वर्षका जुम्ल्याहा बच्चा छन् ।