हरर फिल्म गर्दै दिपिका पादुकोण

Newslaya Home

हरर फिल्म गर्दै दिपिका पादुकोण

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । बलिउड अभिनेत्री दिपिका पादुकोणले हरर फिल्म खेल्ने भएकी छिन् । पहिलो पटक उनले हरर फिल्ममा काम गर्न लागेकी हुन् । उनले अभिनेत्री अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेक गर्न लागेकी हुन् ।

कालो जादु र तन्त्र मन्त्रको दुनियाँमा पाइला राखेकी मुख्य पात्रको रुपमा अनुष्का यस फिल्ममा प्रस्तुत भएकी थिइन भने अब दिपिकालाई त्यही रुपमा देख्न सकिनेछ । फिल्मले हिन्दी रिमेकको राइट्स खरिद गरिसकेको छ ।

गतवर्ष मात्र दिपिकाले विवादित तर ब्लकबस्टर फिल्म ‘पद्मावत’ गरेकी थिइन् । यो फिल्मपछि उनले कुनै फिल्म साइन गरिनन् । अभिनेता रणवीरसँग वैवाहिक बन्धनमा बाँधिइन् । विवाहपछि उनले घोषण गरेको फिल्म ‘छपाक’ को छायांकन भइसकेको छ ।