भारत सरकारद्वारा आफ्नो देशको नयाँ नक्सा जारी

Newslaya Home

भारत सरकारद्वारा आफ्नो देशको नयाँ नक्सा जारी

आइतबार १७, कार्तिक २०७६

बिबिसि । भारत सरकारले शनिबार जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक नयाँ नक्सा जारी गरेको छ । यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो ।

त्यहाँको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला हुनेछन्–करगिल र लेह। बाँकी २६ जिल्ला जम्मू(कश्मीरमा रहनेछन् ।’

नक्सामा के फरक छ ?
यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् ।

भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू–कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ ।

५ अगष्ट २०१९ मा भारतीय संसद्‍मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो । संसद्‍पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू–कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए।

सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए । सन् २०१९ मा सरकारले जम्मू(कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्‍याएका थिए ।

नयाँ नक्शाबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छन् ।