धरानको मेयरमा नेकपाबाट प्रकाश राईले पाए टिकट

Newslaya Home

धरानको मेयरमा नेकपाबाट प्रकाश राईले पाए टिकट

आइतबार १७, कार्तिक २०७६

धरान । नेकपा सचिवालय बैठकले प्रकास राईलाई धरान उपमहानगरको मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

दुवै पार्टी अध्यक्षसहितको सचिवालय बैठकले नेकपा जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयरको लागि छनौट गरेको हो ।

यता बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि स्व. मन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बाग्लुङ २ (२) मा भने राष्ट्रीय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।