राष्ट्रपतिले गरिन् सातै प्रदेशका प्रमुखलाई पदमुक्त

Newslaya Home

राष्ट्रपतिले गरिन् सातै प्रदेशका प्रमुखलाई पदमुक्त

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।

संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई कामचालाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए । देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए ।