विश्वकै शक्तिशाली जापान र सिंगापुरको पासपोर्ट

Newslaya Home

विश्वकै शक्तिशाली जापान र सिंगापुरको पासपोर्ट

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । एसिया महादेशका दुई देश जापान र सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशालीमा परेका छन् ।

२०१९ को अन्तिमा आइपुग्दा जापान र सिंगापुरको पासपोर्ट विश्वकै पहिलो शक्तिशाली बन्न सफल भएको ‘हेन्ली पासपोर्टको सूचांक’मा समावेश गरिएको छ ।हेन्ली पासपोर्ट इन्डेक्सले सबै देशको ‘भ्रमण कागजात’को पहुँच कस्तो छ हेर्ने गर्छ ।

जापान र सिंगापुरको पासपोर्ट १ सय ९० देशको पहुँचमा पुग्न सफल भएको छ । हाल साउथ कोरिया, फिनल्यान्ड र जर्मनी शक्तिशाली पासपोर्टमा दोस्रो स्थानमा छन् । यी तीनवटै देशलाई १ सय ८८ देशको न्यायलयहरुसम्म विना भिसाको पहुँच रहेको छ ।

पाकिस्तानले हालसालै परिवर्तन गरेको अत्यधिक प्रतिबन्धित भिसा नीतिबाट फिनल्यान्डलाई फाइदा भएको छ ।

पाकिस्तानले अब फिनल्याण्ड, जापान, स्पेन, माल्टा, स्विजरल्याण्ड र संयुक्त अरब इमिरेट्सलगायत ५० वटा देशका नागरिकलाई इटिए (इलेक्ट्रोनिक ट्राभल अथोरिटी) प्रदान गरेको छ । तर, संयुक्त राज्य अमेरिका र बेलायतलाई भने प्रदान गरिएको छैन ।

युरोपियन देशहरू डेनमार्क, इटली र लक्जमबर्ग उक्त सूचाकंको तेस्रो स्थानमा छन् भने फ्रान्स, स्पेन र स्वीडेन चौथो स्थानमा छन् ।

२०१४ मा बेलायत र संयुक्त राज्य अमेरिका शक्तिशाली पासपोर्टमा पहिलो स्थानमा थिए । अहिले यी दुवै देशको स्थान घटेर छैटौं स्थानमा पुगेको छ ।