डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्ष, पुर्व अध्यक्षलाई त्रिवि उपकुलपति पद

Newslaya Home

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्ष, पुर्व अध्यक्षलाई त्रिवि उपकुलपति पद

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो ।

यस्तै बैठकले काउन्सिलका अघिल्ला अध्यक्ष डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाएको छ ।

नेपाल मेडिकल काउन्सिल अध्यक्षको रुपमा बाँस्कोटाको पदावधि सकिएको थियो ।