बेलायती क्लबसँग ३८ रनले हार्यो नेपाल

Newslaya Home

बेलायती क्लबसँग ३८ रनले हार्यो नेपाल

आइतबार १७, कार्तिक २०७६

काठमाडौ । एक दिवसीय क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग नेपाल यू–१९ ३८ रनले पराजित भएको छ।

क्लबले दिएको ३३५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल झिनो रनले पराजित भएको हो ।

पहिलो ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि हरिबहादुर चौहानले ५१ र रित गौतमले ४६ रन बनाए । अन्त्यमा आएका आकाश चन्द र शेर मल्लले आक्रामक रुपमा ब्याटिङ गर्दै क्रमशः ३० र २८ रन बनाए ।