सुनकोशीमा बस खस्दा १४ जनाको मृत्यु

Newslaya Home

सुनकोशीमा बस खस्दा १४ जनाको मृत्यु

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी ९ सुकुटेमा सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

घटनामा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ४७ जना घाइते भएका छन् । उद्धार चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।