चतरामा दिव्यधाम निर्माण हुने

Newslaya Home

चतरामा दिव्यधाम निर्माण हुने

आइतबार १७, कार्तिक २०७६

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र २ चतरामा अतिथि सदनसहितको दिव्यधाम निर्माण गरिने भएको छ । श्रीलक्ष्मी बेङ्कटेश रामानुज सत्संग मन्दिरले आवासीय सदन बनाउने भएको हो ।


चतरा पुनर्वासमा रहेको मन्दिरले शिक्षा, स्वास्थ्य र साधनायुक्त तिरुपती बालाजी दिव्यधाम निर्माणको कार्य कात्तिक २० गते शुभारम्भ गर्ने निर्माण समितिका अध्यक्ष हरी प्रपन्नाचार्य कोइरालाले बताए । कोइरालाकाअनुसार पुर्वी नेपालमै पहिलो पटक तिरुपती बालाजी दिव्यधाम निर्माण हुने भएको छ ।


प्राचिन धार्मिक ग्रन्थ बराह पुराणमा समेत वर्णन गरिएको दिव्य तपोभूमिमा निर्माण हुन लागेको दिव्य धाम निर्माणमा निर्माण समितिले निर्माण कार्यमा सहयोग जुटाईदिन सबैसँग आह्वानसमेत गरेको अध्यक्ष कोइरालाले बताए । दिव्यधाम निर्माण समितिले सुविधा सम्पन्न दिव्यधामको डिजाइनसमेत तयार गरिसकेको छ । लक्ष्मी बेङ्कटेश मन्दिरले २५ वर्षदेखि श्रीमद्भागवत सप्ताह लगाउँदै आएको छ ।