टिकटक’ले भित्र्यायो स्मार्टफोन

Newslaya Home

टिकटक’ले भित्र्यायो स्मार्टफोन

आइतबार १७, कार्तिक २०७६

काठमाण्डौ । सोसल मिडिया ‘टिकटक’ कम्पनी ‘बाइट डान्स’ले पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनको नाम ‘स्मार्टिसान जियांगुओ प्रो ३’ हो। कम्पनीले यस अघि स्मार्टफोनमा सफ्टवेयर फिचर्स दिदैँ आएको थियो।

पहिलो पटक चिनियाँ बजारमा सार्वजनिक गरेको यस स्मार्टफोनको मूल्य सुरूवाती मूल्य २८ हजार ९ सय ९९ चिनी युआन रहेको छ। यसको नेपाली मूल्य भने लगभग ४६ हजार पर्ने देखिन्छ।

यो स्मार्टफोन दुई भरिएन्टमा उपलब्ध रहेको छ। चार रियर क्यामेरा भएको स्मार्टफोन एउटा मात्र रङमा पाइनेछ । स्मार्टफोन अब कुन देशमा सार्वजनिक गर्ने भन्ने बारे बताइएको छैन।