सप्तरीमा हात्तीले आधा दर्जन घर भत्काए

Newslaya Home

सप्तरीमा हात्तीले आधा दर्जन घर भत्काए

आइतबार १७, कार्तिक २०७६

सप्तरी । कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट बस्तीमा पसेका हात्तीले शनिबार राति सप्तरीको अग्नि साईर कृष्णासवरन गाउँपालिका–६ मा आधा दर्जन घर भत्काएको छ। हात्तीले पाक्न लागेको धानवाली समेत कुल्चिएर नष्ट पारेको छ ।

हात्ती गाउँ पसेलगत्तै स्थानीय भागाभाग भएका थिए। छ वटाको समूहमा आएको आरक्षण केन्द्र हात्तीले मञ्जु कार्की, कमानसिंह मगर, सत्यनारायण मण्डल, आनन्द सदा, पाञ्चु सदा, तिलकबहादुर खत्री र रमा परियारको घर भत्काएको छ।

सो गाँउपालिकाको वडा नम्बर ४ का वडा अध्यक्षसहित गएको एक टोलीले हात्तीले पुर्याएको क्षतिको विवरण संकलन गरेको थियो। टोलीले एकै रातमा स्थानीयको कम्तीमा २० लाख क्षति भएको जनाएको छ ।

स्थानीय सरकार ले क्षतिको अवस्था हेरेर तत्काल पाँच हजार रुपैयाँ पीडित परिवारलाई राहत दिने गरेको छ ।