अफगानिस्तानमा विद्रोहीको आक्रमणमा परी १२ जना मारिए

Newslaya Home

अफगानिस्तानमा विद्रोहीको आक्रमणमा परी १२ जना मारिए

आइतबार १७, कार्तिक २०७६

काठमाण्डौ । अफगानिस्तानको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले जानकारी दिएका छन् ।

तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण गरेका थिए । आक्रमणपछि सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो ।

तालिबान लडाकूहरुले पछिल्लो पटक बदाखसान प्रान्तका वार्दोज, यामगान र कुरान–वा–मुन्जान जिल्लामा नियन्त्रण गुमाएको सरकारी दाबी छ ।