नहरमा डुबेर एक महिलाको मृत्यु , कोशी नदीमा पौडी खेल्न गएका युवक बेपत्ता

Newslaya Home

नहरमा डुबेर एक महिलाको मृत्यु , कोशी नदीमा पौडी खेल्न गएका युवक बेपत्ता

आइतबार १७, कार्तिक २०७६

सुनसरी । बराहक्षेत्र–८ शुक्रबारे स्थित कोशी नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । पौडीखेल्न गएका तीन जना मध्ये एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

चितवन नारायणघाट घर भई बराहक्षेत्र–३ स्थित मामा एकराज पौडेलको घरमा आएका बर्ष १९ का अनिस चौधरी, बराहक्षेत्र नगरपालिका ३ नहडा बस्ने बर्ष १८ को मनिस नेपाली र बर्ष १९ को एमन बिक पौडि खेल्न गएका थिए । उनीहरु मध्ये अनिस चौधरीलाई बगाई लगेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। वेपत्ता भएका चौधरीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसैबिचनहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङगे गोसलाईन स्थित नहरमा बस्ने बर्ष ४० कि मेनुका राईको नहरमा डुबेर ज्यान गएको जनाइएको छ ।