नायिका ऋचा बिहेको तयारीमा

Newslaya Home

नायिका ऋचा बिहेको तयारीमा

आइतबार १७, कार्तिक २०७६

काठमाण्डौ । नायिका ऋचा शर्मा बिहे गर्ने भएकी छन् । केही समयदेखि प्रेममा रहेकी ऋचाको बिहे मंसिरमा हुने वुझिएको छ ।

यसैविच, ऋचाले पोखरामा आफ्ना निकटका साथीहरुलाई ब्याचलर पार्टी दिएकी छिन् । ऋचाले आयोजना गरेको पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायत पुगेका थिए ।

ऋचा केही समयदेखि दिपेक्ष्य राणाको प्रेममा छिन् । ललितपुरमा रहेको लबिम मलका म्यानेजर समेत रहेका राणासँग ऋचाको प्रेम चर्चा केही समयदेखि चल्दै आएको छ ।

ऋचा चलचित्र ‘हिजो आजका कुरा’मा काम गर्दैछिन् । योसँगै अब उनी बिहेको तयारीमा पनि देखिएकी छिन् ।