समाजवादी पार्टीले छान्यो उपनिर्वाचनका लागि उम्मेदवार

Newslaya Home

समाजवादी पार्टीले छान्यो उपनिर्वाचनका लागि उम्मेदवार

आइतबार १७, कार्तिक २०७६

काठमाण्डौ । उपनिर्वाचनका लागि बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले उम्मेदवार छनोट गरेको छ । समाजवादी पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभासहितका रिक्त स्थानका लागि उम्मेदवार छनोट गरेको हो ।

पार्टीका संघीय अध्यक्ष भट्टराईका अनुसार कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि इन्जिनियर तथा भूपू ब्रिटिस गोर्खा धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

साथै, प्रदेशसभाअन्तर्गत तीन स्थानका लागि पनि उम्मेदवार चयन गरेको छ, जसअनुसार बाग्लुङ– २(ख)मा अशोककुमार बिक र दाङ ३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।