जनगायक शर्माका छोरालाई नेकपा नेता आचार्यको सक्रियतामा सहयोग

Newslaya Home

जनगायक शर्माका छोरालाई नेकपा नेता आचार्यको सक्रियतामा सहयोग

आइतबार १७, कार्तिक २०७६

इटहरी । अस्पतालमा उपचाररत जनगायक जीवन शर्माका छोरा अमृतको उपचारको लागि प्रदेश १ का युवा नेता जीवन आचार्यसहितको टोलीले सहयोग दिएको छ । तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम सहयोग गरेको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा घाँटीको जटिल समस्याको उपचार गराइरहेका अमृतको उपचारका लागि ३० हजार रुपैंया सहयोग गरिएको युवा नेता आचार्यले बताए ।

तिहारमा पूर्वका विभिन्न स्थानमा खेलिएको देउसी भैलोबाट जम्मा भएको रकम उपचार सहयोगको लागि पठाइएको नेकपा सुनसरी सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुडालले जानकारी दिए ।

तिहारका बेला आचार्यसहित चुडाल, जीवी गजललगायतका नेकपाका इटहरी तथा सुनसरीका युवा नेता कार्यकर्ताले देउसी भैलो खेल्दा उक्त रकम जम्मा भएको थियो ।