प्रधानमन्त्री ओली डायलासिस गराउन ग्राण्डी अस्पतालमा

Newslaya Home

प्रधानमन्त्री ओली डायलासिस गराउन ग्राण्डी अस्पतालमा

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गराउन आइतबार(आज) ग्रान्डी अस्पताल पुगेका छन् । यो उनको तेस्रोपटकको डायलासिस हो । यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन् ।

चिकित्सकहरुले ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका छन् ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलासिस गराएको बताएका थिए ।

प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सरेको छ ।