न्युजिल्याण्डमा बन्यो ‘ब्रा’को पर्खाल, पर्यटकहरुको भीड

Newslaya Home

न्युजिल्याण्डमा बन्यो ‘ब्रा’को पर्खाल, पर्यटकहरुको भीड

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । न्युजील्यान्डमा ब्राको पर्खाल बनेको छ । जसलाई कार्डोना ब्रा फेन्स नाम दिइएको छ । यो न्युजील्यान्डको प्रसिद्ध पर्यटनस्थलमध्ये एक हो । ठूलै संख्यामा पर्यटकहरू त्यहाँ पुग्ने गर्छन् ।

कार्डोना ब्रा फेन्समा हरेक शेप, साइज र प्याटर्नका ब्रा भेटिन्छन् ।

ब्रा पर्खालको इतिहास विचित्रको छ । सन् १९९९ मा ओटागोको कार्डोना भ्याली रोडमा मानिसहरूले रहस्यमय रूपमा चारवटा ब्रा झुण्ड्याइएको पाए । पछि यताउता मानिसहरूले अरू ब्रा राख्न शुरू गरे ।

बिस्तारै बिस्तारै ब्राको पर्खाल नै बन्यो । पर्यटकहरू पनि आएर त्यहाँ अन्तर्वस्त्र राखेर जाने गरेका छन् । यो एक परम्परा नै बनेको छ ।

पछि चोरले रातिराति आएर ब्रा चोर्ने गरेको पनि थियो । तर चोरी भएपिच्छे मानिसहरू आएर ब्रा झुण्ड्याइदिन्थे । उक्त स्थान निकै प्रसिद्ध हुँदै गयो र भीडका कारण ट्राफिक जाम हुन थाल्यो । त्यसपछि त्यसलाई मुख्य राजमार्गबाट हटाएर भित्रतिर सारियो ।

सन् २०१५ मा स्तन क्यान्सरका लागि फन्ड जुटाउन एक कार्यक्रम आयोजना गरिएको थियो । त्यसपछि त्यसको नाम ब्राड्रोना राखियो ।

त्यसपछि न्युजील्यान्डका अन्य स्थानमा पनि ब्रा पर्खाल बनाइएका छन् । तर मूल ब्रा पर्खाल नै पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको छ ।