नारायणहिटी दरबारको ‘लमजुङ कक्ष’ भाडामा लगाउने तयारी

Newslaya Home

नारायणहिटी दरबारको ‘लमजुङ कक्ष’ भाडामा लगाउने तयारी

आइतबार १७, कार्तिक २०७६

काठमाडौं । नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई भाडामा लगाउने तयारी थालिएको छ ।

ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको हो । संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागको दशकौं लामो इतिहास बोकेको नारायणहिटी संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन् । केही अधिकारीहरुले पैसाको लागि यस्तो निर्णय गर्न लागेको भन्दै विरोध जनाएका छन् ।

गएको असोज ३ गते संस्कृति तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, मन्त्रलायका सचिव केदारबहादुर अधिकारी र पुरातत्व विभागका कमु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रहालय अवलोकन गन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गरेका थिए ।

सो कक्षलाई नेपाल भ्रमण वर्ष २०२० को शुरुआतमै खोल्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् । १० सिट भएको डायनिङ हल अत्याधुनिक छ । राजा त्रिभुवन, महेन्द्र, विरन्द्र र ज्ञानेन्द्रले विदेशी पाहुनालाई सोहि हलमा विदेशी पाउनालाई रात्रिभोज दिने गरेका थिए ।