बार्सिलोनाले खायो ७ मिनेटमा ३ गोल, मेस्सीको गोलले पनि सकेन हारबाट जोगाउन

Newslaya Home

बार्सिलोनाले खायो ७ मिनेटमा ३ गोल, मेस्सीको गोलले पनि सकेन हारबाट जोगाउन

आइतबार १७, कार्तिक २०७६

स्पेन । स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित भएको छ । उसको यो हार अप्रत्यासित हो ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा ३८औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर ६१ औं मिनेटमा लेभान्टेका जोज क्याम्पानाले गोल गरी खेल बराबरी बनाए । ६३ औं मिनेटमा बोर्जा मोयाले गोल थपे । ६८औं मिनेटमा नेमान्जा राडोजाले गोल गरी बार्सिलोनालाई निराश बनाए । ७ मिनेटमा लगातार नीत गोल खाएपछि खेलमा फर्कन गरेको बार्सिलोनाको प्रयास सफल हुन सकेन ।

हारपछि पनि ११ खेलबाट २२ अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा कायम छ । समान खेलबाट २२ नै अंक रहेको रियल मड्रिड गोलअन्तरमा पछि परी दोस्रो स्थानमा छ।