बच्चाले पैसा दिएर बिस्कुट किनेको थाहा पाएपछि कुकुरले यस्तो गर्यो (भिडियो)

Newslaya Home

बच्चाले पैसा दिएर बिस्कुट किनेको थाहा पाएपछि कुकुरले यस्तो गर्यो (भिडियो)

शनिबार १६, कार्तिक २०७६

ऐजेन्सी । पसलमा पैसाको बदला खानेकुरा पाइन्छ भन्ने त सबैलाई थाहा छ । तर अमेरिकाको कोलम्बियामा रहेको एउटा इन्स्टिच्युटमा भने रुखको पात लिएर जानेलाई पसलेले बिस्कुट दिने गरेको छ ।

अचम्ममा पर्नुभयो होला । तर कुरा साँचो हो । स्थानीय एक इन्स्टिच्युटमा रहेको स्टोरमा रुखको पात लगेर दिँदा दुई पिस बिस्कुट पाइन्छ । तर यो बिस्कुट पाउने अधिकार भने नेग्रो लाई मात्र छ । नेग्रो त्यहाँ रहेको एउटा कालो कुकुरको नाम हो ।

यो कुकुर यति बाठो देखियो कि त्यहाँ विद्यार्थी र शिक्षकले पैसा दिएर खानेकुरा लिएको उसले थाहा पायो । ऊसँग त पैसा थिएन । त्यसैले उसले रुखको पातलाई नै पैसा भन्ठानेर लगेर दिन थाल्यो । केही प्रयासपछि जब पसलेले यो कुरा थाहा पायो, उसले कुकुरलाई बिस्कुट दियो । यो क्रम अहिले पनि चलिरहेको छ । तर पसलेले दिनको एक पटक मात्र बिस्कुट दिने गर्छ । बिस्कुट लिनको लागि कुकुर रुखको पात लिएर स्टोर पुग्ने गर्छ ।