अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

Newslaya Home

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

शनिबार १६, कार्तिक २०७६

इटहरी । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । देशभरका जलाशयमा छठ पर्व मनाइएको हो ।

भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ। साथै निःसन्तानलाई सन्तान प्राप्ती हुने र मनोकामना पुरा हुने विश्वास लिइएकोछ ।