धुलिखेल र धरान बिच गाँसियो भगिनी सम्बन्ध

Newslaya Home

धुलिखेल र धरान बिच गाँसियो भगिनी सम्बन्ध

शनिबार १६, कार्तिक २०७६

धरान । धुलिखेल नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्वन्ध कायम भएको छ । शुक्रबार धरान उपमहानगरपालिकामा आयोजित एक कार्यक्रममा दुबै नगरपालिकाका प्रमुखहरुले भगिनी सम्वन्धको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

विकास तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले भगिनी सम्वन्ध कायम गरिएको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठसँगै उपप्रमुख विमला शर्मा, वडाअध्यक्षहरु लगायत कर्मचारीहरुको टोली विहीबारै धरान आइपुगेको थियो ।

‘नगरपालिकाका विभिन्न क्षेत्रहरुमा सक्रिय तथा प्रभावकारी रुपमा सहयोग आदान–प्रदान तथा सहकार्य अभिवृद्धि गर्न भगिनी सम्वन्ध कायम गरिएको छ,’ उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।

धरान र धुलिखेल दुवै शहरहरु पर्यटन र बसोबासको लागि उपयुक्त शहर हुन् ।