मालीको सैनिक ब्यारेकमा हमला हुँदा ५३ सिपाही मारिए

Newslaya Home

मालीको सैनिक ब्यारेकमा हमला हुँदा ५३ सिपाही मारिए

शनिबार १६, कार्तिक २०७६

काठमाण्डौ । मालीको सैनिक अड्डामा आक्रमण हुँदा कम्तिमा ५३ जना सिपाही मारिएका छन् ।

मालीको उत्तरपूर्वी सीमा निगर नजिकै मेनका क्षेत्रमा रहेको सैनिक ब्यारेकमा हमला भएको जनाइएको छ । मृतकको पहिचान र पोष्टमार्टमको काम भइरहेको पनि बताइएको छ ।

अलजजिराका अनुसार आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । मालीको उत्तरी क्षेत्र अल क्वायदा सम्बद्ध लडाकु समूहको नियन्त्रणमा रहेको बताइन्छ ।