गुल्मीमा तीन जनाको शव फेला

Newslaya Home

गुल्मीमा तीन जनाको शव फेला

शनिबार १६, कार्तिक २०७६

गुल्मी । गुल्मीमा शनिबार बिहान तीन जनाको शब फेला परेको छ । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा फेला परेको शब महिला अन्दाजी २७ बर्ष र बालिकाहरु एउटा अन्दाजी ७ र अर्को ११ बर्षको रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । महिलाबाट एउटा बालिकाको शब २ सय मिटर र अर्को बालिका २ सय ३० मिटरको दुरिमा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोली घटनास्थल पुगेको छ ।