बाघको भाँचिएको दाँतमा सुनको दाँत हालेपछि...

Newslaya Home

बाघको भाँचिएको दाँतमा सुनको दाँत हालेपछि...

शनिबार १६, कार्तिक २०७६

काठमाण्डौ । इटालीको तस्करहरुबाट पाँच वर्ष पहिले उद्दार गरिएको बंगाल टाइगर ‘कारा’को यसै महिनामा सुनको दाँत लगाइएको छ । खेलौना चपाउँदै गर्दा उसको अगाडीको दाँत भाँचिएको थियो ।

डेनमार्कका विशेषज्ञहरुले काराको शल्यक्रिया गरेका हुन् । सर्जरीको तीन हप्ता पछि कारा सामान्य अवस्थामा फर्किएको छे । विशेषज्ञहरुका अनुसार तीन हप्तासम्म कारालाई बिना हड्डीको मासु खान दिइएको थियो । अब भने काराले राम्रोसँग मासु चपाउन सक्ने भएको विशेषज्ञहरुले बताएका छन् ।