विराटनगरका मेयरद्वारा सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु

Newslaya Home

विराटनगरका मेयरद्वारा सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु

शनिबार १६, कार्तिक २०७६

विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले छठ पूजाका लागि सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । छठ पर्वको ब्रत बसेका पराजुलीले १६ औं पटक दण्डप्रणम यात्रा सुरु गरेका हुन् ।

२६ वर्षयता छठको ब्रत बसिरहेका पराजुली १६ वर्षयता छठको पूजाका लागि विराटनगर–३ पोखरीया चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्नेछन् ।

शनिबार(आज) बिहान साढे १० बजेबाट पराजुलीले मन्दीरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब तीन किलोमिटर दुरी पार गर्न चार घण्टा लाग्ने छ ।

मेयरमा निर्वाचित भएपछि तीन वर्षयता नगरबासीको सुख, शान्तिको कामना गर्दै मेयर पराजुलीले छठको कष्टपूर्ण ब्रत बस्दै आएका छन् । हरेक बर्ष आफुले गर्दै आएको धार्मिक कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको उनले बताएका छन् ।