सप्तरीमा ट्रकले बसलाई ठक्कर दिदा एक जनाको मृत्यु, बीस घाइते

Newslaya Home

सप्तरीमा ट्रकले बसलाई ठक्कर दिदा एक जनाको मृत्यु, बीस घाइते

शनिबार १६, कार्तिक २०७६

सप्तरी । सप्तरीको रुपानीमा ट्रक र बस एक–आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य बीस जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक र काकटभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।बुटवल बस्दै आएको चालक न्यौपानेको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

अन्य बीस घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।