हात्ती धपाउने विद्युतीय धरापमा परी झापामा दुई जनाको मृत्यु

Newslaya Home

हात्ती धपाउने विद्युतीय धरापमा परी झापामा दुई जनाको मृत्यु

शनिबार १६, कार्तिक २०७६

भद्रपुर । झापामा हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र भोजपुर साल्पाचुली–५ का ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानएको छ । मणिराम र अभिनाश मामा भान्जा हुन्।

बुद्धशान्ति–४ का परेसीकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनाश शनिवार बिहान माछा मार्न गएका थिए । खोलामा माछा मार्ने क्रममा धरापमा राखिएको बिजुली तारले पानीलाई छोएकाले मामा–भान्जाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।