बालिका चोरीको आरोपमा सप्तरीबाट दुई जना पक्राउ

Newslaya Home

बालिका चोरीको आरोपमा सप्तरीबाट दुई जना पक्राउ

शनिबार १६, कार्तिक २०७६

राजविराज । सप्तरी प्रहरीले बालिका चोरी गरेको आरोपमा एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको डाडर बैरीयाका सञ्जय शर्माकी छोरी ८ वर्षीया आँचल शर्मालाई चोरी गरी भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

भारतको बिहारस्थित सुपौल ग्राम बथनाहा– १८ का २० वर्षीय आनन्द कुमार गोसाई र बैरियाघाटका १८ वर्षीय अनिल कुमार झालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको हनुमाननगर बजारका ३९ वर्षीय मामा अमित शर्माको घरमा आएकी बालिकालाई उनीहरूले जबरजस्ती साइकलमा राखेर लगिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरूको साथबाट साइकल, ३ वटा प्लास्टिकको बोरा समेत बरामद भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।