चीनमा पनि फाइभ जी सेवा

Newslaya Home

चीनमा पनि फाइभ जी सेवा

शनिबार १६, कार्तिक २०७६

बिबिसि । चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी सेवा उपलब्ध गराउन थालेका छन् ।

राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन् ।

प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने प्रयासमा छ । व्यापार र प्रविधिमा अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको बेला चीनले द्रुत गतिको यो सेवा सञ्चालन गर्न थालेको हो ।

दक्षिण कोरिया, अमेरिका र यूकेले यही वर्ष फाइभ जी सुरु गरिसकेका छन् ।