बालुवाटर भित्रै मेडिकल खोल्ने तयारी

Newslaya Home

बालुवाटर भित्रै मेडिकल खोल्ने तयारी

शनिबार १६, कार्तिक २०७६

काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था दिनानुदिन विग्रदै गएपछि सरकारी निवास भित्रै मेडिकल खोल्ने तयारी गरिएको छ ।

उक्त मेडिकलबाट डायलाइसिससमेत गर्न मिल्ने प्रधानमन्त्रीको उपचारमा खटिएका नीजि चिकित्सकले बताएका छन् ।

डायलाइसिस उपकरण कस्तो राख्ने भन्नेबारे चिकित्सकबिच छलफल पनि भइसकेको छ । प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने भएका कारणपनि उक्त मेडिकल रुम आवश्यक रहेको जनाइएको छ ।

स्वास्थमा एक्कासी गम्भीर समस्या आए तुरुन्त अस्पताल लैजान ढिला हुन सक्ने बताउदै बालुवाटरमै उक्त सुविधा सहितको कोठाको तयारीमा बालुवाटरले पनि सहमती जनाइसकेको छ ।