जुवाखालबाट प्रधानमन्त्रीका सुरक्षागार्ड शाही पक्राउ

Newslaya Home

जुवाखालबाट प्रधानमन्त्रीका सुरक्षागार्ड शाही पक्राउ

शनिबार १६, कार्तिक २०७६

काठमाडौं । प्रधानमन्त्रीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाही जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग गोंगबुले उनलाई काठमाडौँको नयाँ बसपार्कबाट पक्राउ गरको हो ।

पक्राउ पर्नेमा उनीसँगै बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट एक लाख ५९ हजार रुपैयाँ बरामद भएको छ ।