खोटाङमा कोदालो प्रहार गरी एक युवकको हत्या

Newslaya Home

खोटाङमा कोदालो प्रहार गरी एक युवकको हत्या

शनिबार १६, कार्तिक २०७६

दिक्तेल । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ डाडाखर्कका १९ वर्षीय विशाल राईलाई स्थानिय एक युवकले कोदालो प्रहार गरी हत्या गरेका छन् ।

बिहीबार राती १० बजेको समयमा स्थानीय २४ वर्षीय पवन राईले कोदालोले टाउकोमा प्रहार गरी विशालको हत्या गरेको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोस्ट खानी डाँडाबाट खटिएको प्रहरी टोलीले विशाललाई खानी डाँडा छेउकै जङ्गलमा मृत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोलीले घटनाको बिषयमा अनुसन्धानसहित हत्या गरी फरार रहेका पवनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।