२०७६ कार्तिक १६ गते शनिबारको राशिफल

Newslaya Home

२०७६ कार्तिक १६ गते शनिबारको राशिफल

शनिबार १६, कार्तिक २०७६

मेष । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

वृष । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । फितलोपनि यात्रा हुनसक्छ ।

मिथुन । महिला वर्ग बाट सहयोग मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

कर्कट । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

सिंह । आज कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । साथीभाइसङ्ग भेटघाट हुने योग छ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ ।

कन्या । सौन्दर्यतामा धन खर्च हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।

तुला । प्रेममा सफलता प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

वृश्चिक । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ ।

धनु । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर । घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । कार्यमा अवरोध आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कुम्भ । प्रेम सम्वन्ध कसिलो हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ ।

मीन । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । कलकारखाना र बन्दव्यापारमापनि फाइदा हुनेछ ।