दिल्लीमा प्रदुषणका कारण स्वास्थ्य संकटकाल घोषणा

Newslaya Home

दिल्लीमा प्रदुषणका कारण स्वास्थ्य संकटकाल घोषणा

शुक्रबार १५, कार्तिक २०७६

काठमाडौं । वायु प्रदुषणको अवस्था खतराजनक भएपछि नयाँदिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

भारतको सर्वोच्च अदालतबाट अनुमतिप्राप्त एक कार्यदलले शुक्रबार दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त घोषणासँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ सम्म राजधानीका दिल्लीका विद्यालय बन्द हुने घोषणा गरेका छन् ।

दिल्ली क्षेत्रका धेरै ठाउँमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर पुगेपछि त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको हो ।

त्यस्तै वातावरण प्रदुषण नियन्त्रण तथा नियमण प्राधिकरणले पनि ५ नोभेम्बरसम्म दिल्ली, नोएडा, गुरगाउँ र गाँजियावाद क्षेत्रमा निर्माणका काम पूर्ण रुपमा रोक्न आदेश दिएको छ ।