ओमानमा रहेका नेपालीलाई समुद्री किनारमा नजान दुतावासको आग्रह

Newslaya Home

ओमानमा रहेका नेपालीलाई समुद्री किनारमा नजान दुतावासको आग्रह

शुक्रबार १५, कार्तिक २०७६

काठमाडौं । ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री किनाराको छेउमा नजान आग्रह गरेको हो ।

ओमानको मौसम पूर्वानुमान विभागका अनुसार ट्रपिलक चक्रवात ‘क्यार’का कारण उक्त परिर्वतन आइरहेको छ । केही दिनसम्म यो जारी रहने दुतावासले जनाएको छ ।