छठ पूजाका लागि भद्रपुरमा आइतबार सार्वजनिक बिदा

Newslaya Home

छठ पूजाका लागि भद्रपुरमा आइतबार सार्वजनिक बिदा

शुक्रबार १५, कार्तिक २०७६

झापा । छठ पूजालाई लक्षित गरी भद्रपुर नगरपालिकाले आइतबार स्थानीय बिदा दिने भएको छ । नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गर्दै भद्रपुरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कार्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अघर्य दिने र कार्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघर्य दिँदै छठ मनाइन्छ । शनिबार सार्वजनिक बिदा भएकाले नगरपालिकाले यस वर्ष आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले गतबर्षदेखि भद्रपुरको छठ पूजामा सार्वजनिक बिदा दिँदै आइरहेको छ । नेपाल भारतको सीमावर्ती नाकामा पर्ने भद्रपुरस्थित मेची नदी किनारमा हजारौँ सङ्ख्याको सहभागितामा छठ पूजा मनाइन्छ ।