प्रहरीद्वारा कोशीमा हाम फालेकी एक महिलाको उद्धार

Newslaya Home

प्रहरीद्वारा कोशीमा हाम फालेकी एक महिलाको उद्धार

शुक्रबार १५, कार्तिक २०७६

सप्तरी । कोशी नदीमा हाम फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ कोशी व्यारेजस्थित ५२ नम्बरको ढोकाबाट कोशी नदीमा हाम फालेकी महिलालाई इलाका प्रहरी कार्यालय भारदहको टोलीले शुक्रबार उद्धार गरेको हो ।

सप्तरीकै खड्ग नगरपालिका–१० बनौली निवासी २१ बर्षीया मनिषा चौधरी कोशीमा हाम फालेलगत्तै नजिकै छठ पर्व मनाउन कोशी नदीको तट सरसफाइ गर्न जुटेको प्रहरी टोलीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

उनको भारदह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।