तेजाब आक्रमण गरी फरार रहेका एक भारतीय ६ वर्षपछि पक्राउ

Newslaya Home

तेजाब आक्रमण गरी फरार रहेका एक भारतीय ६ वर्षपछि पक्राउ

शुक्रबार १५, कार्तिक २०७६

हेटौंडा । ६ वर्ष अघि तेजाब आक्रमण गरी फरार रहेका एक भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराजगञ्ज अमरपुर्बनका दिलिप राज केसरी रहेका छन् । हेटौंडा उपमहानगरपालिका–३ बस्ने बिन्दाबासिनी कंसाकारमाथि तेजाब आक्रमण गरी फरार रहेका उनलाई मकवानपुर प्रहरी र बारा प्रहरीको संयुक्त टोलीले बाराको जितपुर सिमराबाट पक्राउ गरेको हो ।

पिडित कंसाकारले अपराधीलाई जन्मकैद वा फासीको माग गरेकी छन् ।