२०७६ कार्तिक १४ गते बिहिबारको राशिफल

Newslaya Home

२०७६ कार्तिक १४ गते बिहिबारको राशिफल

बिहीबार १४, कार्तिक २०७६

मेष । अनावश्यक धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

वृष । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ ।

मिथुन । कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट । वैदेशिक कार्य अघी बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह । कामहरु अधुरै रहलान् । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहला ।

कन्या । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

तुला । शुभकार्यको चर्चा चल्नेछ । लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

धनु । चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

मकर । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कुम्भ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ ।

मीन । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।