भाईटिकामा यमराजले बहिनी यमुनालाई दिएका थिए यस्तो बरदान

Newslaya Home

भाईटिकामा यमराजले बहिनी यमुनालाई दिएका थिए यस्तो बरदान

मङ्गलबार १२, कार्तिक २०७६

तिहारको सबैभन्दा महत्वपूर्ण दिन हो भाइटीका । भाइटीकाको इतिहास मृत्युका देवता यमराज तथा उनकी बहिनी युमनासंग सम्बन्धित छ ।

यमराज हरेक वर्ष कार्त्तिक महिनाको शुक्ल पक्षको द्वितिया तिथिको दिन आफ्नी बहिनी यमुनालाई भेट्न उनको घर जान्छन् । बहिनीले पनि उनलाई टीका लगाइदिएर भोजन गराउँछिन् । यमराजले आफ्नी बहिनीलाई एउटा बरदान दिएका थिए, जसका कारण हरेक वर्ष भाइटीका पर्व मनाउन थालिएको हो ।

सूर्य देवकी श्रीमती संज्ञाका दुई सन्तान हुन् यमराज र यमुना । दुबै दाजु बहिनीबीचमा गाढा प्रेम थियो ।

एक पटक यमराज पूर्व जानकारी नदिइ कार्त्तिक महिनाको शुक्ल पक्षको द्वितिया तिथिका दिन आफ्नी बहिनी यमुनाको घरमा पुगे ।

दाजुलाई देखेर यमुना निकै खुशी भइन् । उनले टीका लगाएर दाजुको स्वागत गरिन् । जब उनी हिंड्न लागेका थिए, उनले बहिनीलाई कुनै एउटा वरदान माग्न आग्रह गरे । त्यसपछि यमुनाले पनि यमराजसंग उनलाई हरेक वर्ष त्यही तिथिमा आफ्नो घरमा आउन र स्वादिष्ट भोजन गर्न आग्रह मात्र गरिनन्, यसैगरी जो दाजुभाइ उक्त तिथिमा आफ्ना दिदी बहिनीको घरमा जान्छन्, टीका लगाउँछन् र भोजन गर्छन्, आफ्ना दिदी बहिनीहरुलाई उपहारहरु दिन्छन्, तपाईंले उनीहरुको सम्पूर्ण मनोकामनाहरु पुरा गरिदिनु भनेर वरदान मागिन् ।

यमराजले बहिनीलाई उक्त वरदान दिए । त्यसपछि त्यही दिनदेखि हरेक वर्ष त्यही तिथिमा भाइटीका पर्व मनाउने चलन चलेको धार्मिक मान्यता छ ।